बिर्तामोड । 

महिला, बालबालिका माथि हुने हिंसा, चेलीबेटी बेचविखन तथा लागू औषध नियन्त्रण सम्बन्धि एकदिने सचेतनामूलक कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ । 

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग तथा एविसी नेपाल झापाको आयोजना सञ्चालित कार्यक्रमको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले गरेका थिए ।

एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा उपप्रमुख संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रकाश बिष्ट, पञ्चरत्न मावि बिर्तामोड २ का प्रधानअध्यापक योगेन्द्रमणी दाहाल, सामाजिक व्यक्तित्व मोहनसिंह राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा लागू औषध सम्बन्धी राजु गिरीले सहजीकरण गरेका थिए भने हिंसा तथा मानव बेचबिखन सम्बन्धी विक्रम वाग्लेले सहजीकरण गरेका थिए । 

पञ्च रत्न माविमा सञ्चालित सचेतनामुलक कार्यक्रममा नेपाल परिवार नियोजन संघका पूर्व सभापति दिपेन्द्र ढकाल, समाज सेवी ,धर्म लक्सम्बा, डोमालाल राजबंशी, सागर पकवाल, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ७९ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाकी सचिव देविका बस्नेतले गरेकी थिइन भने स्वागत शुष्मा पौडेलले गरेको सदस्य रिता कार्की कोइरालाले जानकारी दिइन् ।