बिर्तामोड । 

झापाको बिर्तामोड–२ स्थित चारपाने पूर्व रामचोक पश्चिम दक्षिणपट्टी चुला रेष्टुरेन्ट पार्क सञ्चालनमा आएको छ । शान्त तथा पारिवारिक वातावरण सञ्चालनमा आएको चुला रेष्टुरेन्ट पार्क युवा ब्यवसायी देव संग्रौला र रिना ओडारी संग्रौलाले सञ्चालनमा ल्याएका हुन् । 

चुलामा ७ वटा प्राइवेट क्याविनसहित बालबालिकाका लागि मिनी गार्डेन र २५ जनाबढीका लागि हल समेत रहेको छ । चुला रेष्टुरेन्ट पार्कको उद्घाटन युवा नागरिक समाजका केन्द्रिय अध्यक्ष केशव भण्डारी र प्रोपर्टी डिलर्स झापाका अध्यक्ष रोशन बोहोराले संयुक्त रुपमा बुधवार (आज) गरेका छन् । 

chula

होटलमा लोकल कुखुराका बिभिन्न परिकारसहित खाजासेट, खसीको सेकुवा, भुटन, खसीको खाजा सेट, हाँसको छुइला, काँचो मकैको खाजासेटसहित बिभिन्न परिकारका खाजा तथा पेर्य पदार्थहरु उपलब्ध हुने सञ्चालक तथा युवा नागरिक समाजका केन्द्रिय उपाध्यक्षसमेत रहेका देब संग्रौलाले बताए । संग्रौलाका अनुसार चुलामा घरकै जस्तो अर्धानिक खाजाहरु शान्ता वातारणमा खान सकिनेछ ।  

उद्घाटनको अवसरमा चुलामा १० दिनसम्म बिशेष छुटको ब्यवस्था रहेको अर्का सञ्चालक रिनाले बताइन् । रिनाका अनुसार उक्त स्थानमा यसअघि सञ्चालन रहेको होटल भन्दा थप सेवासुबिधाबृद्धिसहित नयाँ ब्यवस्थापनमा चुला सञ्चालनमा आएको हो । ३५ लाख वढी लगानीमा सञ्चालनमा आएको चुलामा ४ जनालाई प्रत्यक्ष रोजगारी दिएको सञ्चालक रिनाले जानकारी दिइन् । 

उद्घाटन कार्यक्रममा शंकर अस्पताल प्रालिका प्रवन्ध निर्देशक, श्रीखण्ड आगमन नेपाली ब्राण्डका उद्यमी तथा युवा नागरिक समाज अर्जुनधारा नगर अध्यक्ष सुजन शिवाकोटी, युवा नागरिक समाजका केन्द्रिय सदस्य रन्जन मल्लिकलगायतको उपस्थिति रहेको थियो ।