बिर्तामोड ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ निर्वाचित भएकी छिन् । गत चैत २८ गते शुरु भएको विस्तारित भेला अन्तरगत नयाँ नेतृत्व चयनका लागि शनिवार (आज) बिर्तामोडमा भएको निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
नव गठित समितिको उपाध्यक्षमा कचाली राजवंशी, कल्पना राई र रिता मिश्र, सचिवमा टीका राउत, सह–सचिवमा हिरा राजवंशी, इन्दिरा नेपाल, सुस्मा अधिकारी र कोषाध्यक्षमा कमला बिक चयन भएका निर्वाचन अधिकृत भवानीप्रसाद दंगाल (भानु) ले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा कल्पना तामाङ, अम्बिका खतिवडा, रेखाकुमारी यादव, मेनुका राजवंशी, राधिका आचार्य, अम्बिका मैनाली, मुनावती गणेश, भगवती मेचे, लता भट्टराई, रोमा राई नेम्वाङ, अस्मितकला लिम्बू, लीला सुब्बा राजवंशी, उर्मिला सापकोटा, अमृता खाती, अनिसा यादव, कल्पना बस्नेत, अम्बिका तोलाङ्गी राई, लीला प्रसाईं संग्रौला, शान्ति उपाध्याय र भुमिका कोइराला चयन भएका छन् ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
नव निर्वाचित पदाधाकारीलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रञ्जित तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेम संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य निरु खतिवडाले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन् ।
कार्यक्रमा पार्टीका प्रदेश कमिटी सदस्य खड्ग कन्दङवा (रोशन), जिल्ला संयोजक राजु आचार्य (अग्नि), प्रदेश सभा सदस्य बन्दना झागडलगायत शुभकामना मन्तव्य राखेका थिए ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)