इटहरी । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको खनार सेवा केन्द्रले बाख्रापालन ब्यवस्थापन तालिम तथा बित्तिय साक्षरता कार्यक्रम गरेको छ ।

साकोको खनार सेवा केन्द्रले मोरङको बुढिगंगा–६ कडेरुवामा गरिबी न्युनिकरण र उद्यमशिलता बिकासमा जोड दिने उदेश्यले सोमवार (आज) कार्यक्रम गरेको अनुगमन प्रमुख महेश तामाङले जानकारी दिए । सरस्वती माध्यमिक बिद्यालयमा भएको कार्यक्रममा ३६ जनाको सहभागीता रहेको थियो । 

अनुगमन प्रमुख महेश तामाङले सहकारी क्षेत्रमा सहाराको योगदान बारे चर्चा गर्दै सहाराले गरिबी न्युनिकरण र उद्यमशिलता बिकासमा हालसम्मका गरेका कार्य बारे जानकारी गराएका थिए । उनले सहारा सहकारी किन रोज्ने वारेसमेत प्रकाश पारेका थिए । अनुगमन प्रमुख तामाङले सदस्यता लिन बाँकि सबैलाई सदस्यता लिन आग्रह गर्दै संस्थाले हालै ल्याएको हरित उर्जा ऋण अन्तर्गत ल्याएको बिद्युतिय चुल्होको फाइदा र लगानी प्रक्रिया बारे समेत सहजिकरण गरेका थिए । 

स्वास्थ्य प्राबिधिक चक्र कार्कीले सहाराको जीवन बरदान स्वास्थ कार्यक्रम बारे सहजिकरण गरेका थिए भने बाख्रा पालन ब्यवस्थापन बारे कृषि प्राबिधिक भुपेन्द्र अमात्यले सहजिकरण गर्दै छलफलको क्रममा उठेका कृषकका जिज्ञासाहरुको जवाफ दिएका थिए । सेवा केन्द्र प्रमुख उमेश चौधरीले कार्यक्रमको औचित्यसँगै बित्तिय साक्षरता र बस्तु तथा सेवा बारे स्पष्ट पारेका थिए ।

शेयर सदस्य ललीकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बलिराम चौधरी, प्रअ. धनेशकुमार निरौला, शिक्षक अशोक राई, कर्मचारी सन्तोषी चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कर्मचारी अजय गच्छेदारले गरेका थिए ।