झापा ।  

झापा भद्रपुर नगरपालिका वडा नम्बर ८ नमुना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्रि सडक खण्डमा मोटरसाइकले पैदल यात्रीलाई ठक्कर दिदा घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । 

भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकले पैदल यात्री नाम थर वतन नखुलेको अन्दाजी ८०÷८१ बर्षिया पहाडे मुलको जस्तो देखिने बृद्धा महिलालाई ठक्कर बुधवार राती ८ बजेको समयमा ठक्कर दिएको थियो । 

मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लोकी घाइते उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको  हो । मोटरसाइकल र चालक भद्रपुर– ८ का अन्दाजी ४९ बर्षिय विशन मोते जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेका छन् भने सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।