इलाम । 

इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।

फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट शुरु भएको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस अग्र स्थानमा छ । कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ ल्याउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् ।