बिर्तामोड । 

झापाको बिर्तामोड ४ स्थित हर्कलाल मार्गमा तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस दुर्घटनामा परेका छन् ।  दुई नीजि विद्यालयका बस एक आपसमा ठोक्कदा दुई जना घाइते भएका छन् ।   तीव्र गतिका कारण दुई वटा स्कुल बस मंगलबार (आज) साँझ साढे ५ बजे एकआपसमा ठोक्किएका हुन् । 

 जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड– ४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको निदी स्कुलको ना ६ ख ९३८० नम्बरको बस र दक्षिणबाट उत्तरतर्फ आइरहेको  तक्षशिला स्कुलको मे १ ख १७३७ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।  

दुर्घटनामा मे १ ख १७३७ नम्बरको बसका चालक तनहुँ बन्दीपुर– २ बस्ने ४० वर्षीय तिलक जिसी र सहचालक झापा बाह्रदशी–५ का ५२ वर्षीय रूपनारायण सिग्देल घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । 

यता निदि स्कुल बसका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यार्थीहरूलाई घर पु¥याएर ती दुवै स्कुल बस फर्किने क्रममा एक आपसमा ठोक्एिका बताइएको छ ।  भयानक दुर्घटना भएपनि मानवीय क्षति भने नभएको बुझिएका छ ।