चारपाने । 

देशकै नम्बर वान सहकारीको सुचिमा पर्न सफल सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पती र सदस्य संख्या बैशाख महिनामा बृद्धि भएको छ । गत चैत महिनाको तुलनामा बैशाख महिनामा कुल सम्पत्ती र सदस्य संख्यामा बृद्धि भएको हो ।

गत चैत महिनामा १६ अर्व २१ करोड २५ लाख ८९ हजार ७७८ रुपैयाँ रहेको कुल सम्पत्ती बैशाख महिनाको मसान्तसम्ममा १६ अर्व ३० करोड ६२ लाख ८९ हजार ८६ रुपैयाँ पुगेको छ । सहकारी विभागको जारी निर्देशन अनुसार झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको साकोसले बैशाख मसान्तसम्मको बित्तिय कारोवार सार्वजनिक गरेको हो । 

त्यस्तै साकोसले शेयर सदस्यमा पनि बृद्धि गरेको छ । चैत मसान्तसम्म  १ लाख ७० हजार २९० कुल सदस्य संख्या रहेको संस्थाले बैशाख मसान्तसम्ममा १ लाख ७१ हजार १६१ पुर्याउन सफल भएको छ । 

संस्थाको शेयरपुँजी १ अर्व ६८ करोड ६ लाख ९ हजार ६००, जगेडा कोष १ अर्व २४ करोड २ लाख १७ हजार ४३०,  कूल बचत १२ अर्व ४६ करोड ६३ लाख १७ हजार ८६८, लगानीमा रहेको ऋण १० अर्व ९५ करोड ३९ लाख ८७ हजार ५७५, कूल संस्थागत पूँजी १ अर्व २७ करोड ७६ लाख ८९ हजार ४७६, विभिन्न कोषहरुको जम्मा रकम ५१ करोड ५९ लाख ३३ हजार२९२,  तरलता रकम ४ अर्व ४ करोड ५ लाख ४० हजार७८९ रुपैयाँ रहेको बैशाख महिनाको बित्तिय बिवरणमा उल्लेख छ । 

संस्थाले बाह्य ऋण शुन्य प्रतिशतमा झारेको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्धारा हस्ताक्षरित बित्तिय बिवरण अनुसार संस्थागत पुँजिको प्रतिशत ७.८४ प्रतिशत र तरलता प्रतिशत ३२.४२ प्रतिशत रहेको छ ।  संस्थाको बैशाख मसान्तसम्मको कूल ऋणी सदस्य संख्या ७० हजार ३४ जना रहेको संस्थाद्धारा जारी बित्तिय बितरणमा उल्लेख छ ।