दमक । 

कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेशप्रसाद उप्रेतीले दमकमा थालिएको एक लाख विरुवा रोपाईलाई अझ विस्तार गर्न जोड दिएका छन् । आज (शनिवार) दमक –४ को विभिन्न भागमा वृक्षारोपणमा सहभागी भई उनले महेन्द्र राजमार्गमा काटिएका रुखको स्थानमा पनि राम्रा प्रजातिको विरुवा रोपिने सम्झौता अनुसार रुख कटान भएको बताएका छन् ।  

नेकपा (माओवादी केन्द्र)  दमक नगर कमिटीको आयोजनामा थालिएको १ लाख फलफुलको विरुवा रोप्ने कामलाई समेत सवैले साथ दिनु पर्ने उनले बताए ।  पूर्व पश्चिम महेन्द्र राजमार्गको स्तारोन्नती गरी ४ ल्याण्ड बनाउँदा काँकडभिट्टादेखि लौकहीसम्म पूर्वी खण्डमा मात्र ४ हजार ७ सय वटा रुख कटान भएको डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईले बताएका छन् । 

त्यस्तै दमक–४ मा बृक्षारोपणको औपचारिक उद्घाटन कार्याक्रममा केन्द्रिय सदस्य रन्जित तामाङ र हरि राना मगरले विभिन्न पार्टीका १ सय ५० जनालाई माओवादी केन्द्र पार्टीमा सम्मान गर्दै प्रवेश गराएका सो वडाका संयोजक डम्बर पुलामी कर्माले जानकारी दिए । 

कार्याक्रममा केन्द्रिय सदस्य रन्जित तामाङले माओवादीले थालेको एक लाख विरुवा रोपण कार्याक्रमलाई सवै लागेर सफल बनाउन सकिए जनतालाई उत्पादनसँग जोड्नेदेखि पर्यावरण संरक्षणमा समेत राम्रो काम हुने बताएका छन् । 

जिल्ला संयोजक राजु आचार्य अग्नि, केन्द्रिय सदस्य हरि राना र पार्टीमा प्रवेश  गरेका नयाँ सदस्यहरुले पार्टीको विकासमा श्रम दिन तयार हुनु पर्ने बताएका छन् ।