बिर्तामोड । 

नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका छन् । बिर्तामोडमा सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्वले सपथग्रहण गरेका हुन् । 

निर्वाचन समितिका संयोजक राजेन्द्र भट्टराईले आज (मंगलबार) नवनिर्वाचित अध्यक्ष सुवास भट्टराईलगायत पदाधिकारी, सदस्यहरु र लेखा समिति सदस्यहरुलाई सपथग्रहण गराइएको हो । 

सपथग्रहणपछि नवनिर्वाचित अध्यक्ष भट्टराईले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पीरिड र जनताको बहुदलीय जनवादलाई मार्गनिर्देश मानेर बलियो एमाले बनाउने बताए । 

उनले मिसन ८४ मा एमालेलाई वडादेखि संघसम्म नेतृत्वलाई विजयी गराउने बताएका छन् । सबै निर्वाचनमा एमालेलाई विजयी गराउन पार्टी नेतृत्व र तल्लो तहसम्म एकता कायम गर्न आवश्यक रहेको उनको भनाई छ । अध्यक्ष भट्टराईले निर्वाचनले सबैलाई एक भएर पार्टी बलियो बनाउन म्याण्डेड दिएको बताए ।

सपथग्रहण कार्यक्रममा नेकपा एमाले पार्टी केन्द्रीय सदस्य गिता अधिकारी, जिल्ला अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, पवित्रा निरौला खरेल, हरिचरण शिवाकोटी, अध्यक्षका अर्का प्रत्यासी शेखर कडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।