बिर्तामोड ।

 नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले सेवा निवृत्त कर्मचारीलाई समाजसेवामा लाग्न र कार्यरत कर्मचारीलाई जनताको सेवामा लाग्न आग्रह गरेका छन् । 

  स्थानीय तह कर्मचारी युनियन बिर्तामोड इकाईद्वारा आज (शुक्रवार) नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित सेवा निवृत्त कर्मचारी दिनेश आचार्यको बिदाई तथा अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सचिव हुमागाईले कसैको दवाबमा नपरी जनताको काम गर्न कर्मचारीलाई आग्रह गरेका हुन् । 

युनियनका अध्यक्ष राजिव बिष्टको सभापतित्वमा भएको सो कार्यक्रममा बिर्तामोड नगर सभापति भोजराज सिटौला, सेवा निवृत्त कर्मचारी दिनेश आचार्य, १० नम्बर वडा अध्यक्ष दुर्योधन गुरुङ्गलगयतले शुभकामना मन्तब्य राखेका थिए । 

राम बिष्टले सञ्चालन गरेको कार्यक्रममा वसन्त ढकालले स्वागत गरेका थिए ।