बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको दाबी गरेको छ । महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थीक वर्ष ०७९/८० को वेरुजु ४.५४ प्रतिशत थियो।

आर्थिक वर्ष  ०७८/७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा  बिर्तामोडको वेरुजु १२.१२ प्रतिशत उल्लेख थियो ।

२४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थीक वर्षको वेरुजु रकम घटेर १२ करोड ९५ लाख ४१ हजार रुपैयाँमा आएको नगरका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिएका छन् ।

बिर्तामोडमा सैदान्तिक बेरुजु, नियमित गर्नु पर्ने बेरुजु, प्रमाण पेश गर्नु पर्ने बेरुजु, असुल उपर गर्नुपर्ने र पेश्की बेरुजु लगायतका बेरुजु देखिएका छन् ।

अघिल्ला वर्षहरुमा भन्दा बेरुजु रकम घटाउँदै लगिएको र यसलाई शुन्यमा झार्ने रणनीतिका साथ काम भइरहेको नगरपालिकाले जनाएको छ ।