• प्रविण अधिकारी 

झापा । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले सि जातलाई कानुनी मान्यता दिन दबाब स्वरूप जनताको हस्ताक्षर संकलन गरी कोशी प्रदेश का मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्र र हजारौंको हस्ताक्षरसहित संगठनका केन्द्रीय महासचिव सुवास सी नेतृत्वको टिमले मुख्यमन्त्री कार्कीलाई कार्यालयमा पुगेर संकलित हस्ताक्षर र ज्ञापनपत्र बुझाएको हो । संगठनका महासचिव तथा कोशी  प्रदेश ईन्चार्ज सुवासले ज्ञापनपत्र बुझाउँदै प्रदेशको समसामयिक विषय, जनताको समस्या लगायत युवा लक्षित विभिन्न विषयमा माननीय मुख्यमन्त्रीज्युलाई मौखिक माग राखेका थिए। 

संगठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आफू उक्त विषयमा सकारात्मक रहेको बताए । साथै उनले विभिन्न बुदाहरुमा छ्लफल गरि सहयोग आदानप्रदान  गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।