दुर्गापुर । 

झापाको कनकाई नगरपालिका–१ र ७ मा रहेको कनकाई विहानी क्लबको बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा लोकनाथ उप्रेती चयन भएका छन् । शनिवार भएको अधिवेशनबाट अध्यक्षमा उप्रेती सचिवमा निर्मला बस्नेत सर्वसम्मत चयन भएको हुन् । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा रमेशकुमार बारकोटी, सह–सचिवमा बालिका चौहान (थापा), कोषाध्यक्षमा मुना मैनाली (सिटौला) चयन भएका छन् ।  सदस्यहरुमा देवीप्रसाद न्यौपाने, गिता कार्की (बस्नेत) दिपक कोईराला, मुना खवास, टेकेन्द्र माझी  र डिल्लु भुजेल सर्वसहमत चयन भएका निर्वाचन समितिले जनाएको छ।

क्लबका अध्यक्ष मनोज बस्नेतको सभापतित्त्वमा भएको साधारणसभा तथा चौथो अधिवेशनमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । सह–सचिव  मुना मैनाली (सिटौला) ले स्वागत गरेको कार्यक्रममा अध्यक्षबाट बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा चार दर्जनभन्दा धेरै दाताहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि पोखरेलले  हालसम्म क्लबले गरेको कार्यको उच्च प्रसंसा गर्दै सामुदायिक भवनमा हाल टिनको छानो भएकाले गर्मीका कारण सभाहलमा कार्यक्रम गर्न समस्या बताए । उनले नगरपालिकाबाट तत्काल सिलिङ्ग र  झ्यालको व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । 

 कार्यक्रममा प्रजापति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मात्रिका पोखरेल, प्रवासी सम्पर्क मञ्चका अध्यक्ष नेत्र प्रसाईं, सहजीकरण महिला समुहकी उपाध्यक्ष कामना पौडेल सल्लाहकार समिति संयोजक अनिरुद्र ओली, भवन निर्माण समितिका सचिव लोकनाथ उप्रेती, शिद्वेश्वर शिवपान्चायन कृतन मन्डलीका सचिव चुडामणि ढकाल, पन्डित वलराम पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडा न १ का सदस्य दलबहादुर थापा, जामुनवारी सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष रचना सापकोटा, विभिन्न दाता परिवार लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा मन्दिर तथा भवन निर्माणका दाता समेत रहेका गुरुप्रसाद तिम्सिनाले नगद १२ हजार १ सय ५१ रुपैयाँबाट मन्दिर संचालनका लागि अक्षय कोषको सुरुवात गरेसँगै लोकनाथ उप्रेतीको परिवारबाट १ लाख, चुडामणि ढकाल तथा निर्मला बस्नेतको परिवारबाट २५ हजार, डिल्लीराम तथा मनोज बस्नेतबाट २५ हजार  रुपैयाँ घोषणा गरेका छन् । 

सोही कार्यक्रमकैबीच  सामुदायिक भवनको समेत  उद्धघाटन गरिएको  थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव रमेशकुमार बारकोटीले गरेका थिए ।