झापा ।

 झापाको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानल अन्तरगतका  नेपाली कांग्रेसका रोहित बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकी निकटतम प्रतिष्पर्धी   प्रगतिशील प्यानल अन्तरगतका एमालेका सन्तोष आचार्यले १८३ मतान्तरले पछि पार्दै  बिजयी भएका हुन् । 

बुढाथोकीले १९९१ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी आचार्यले १८०८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।  । 

उपाध्यक्ष पदमा एमालेका गोविन्द गिरी बिजयी भएका छन् । उनले सर्वाधिक २२६२ मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी राजु दाहालले १२१९ मत प्राप्त गरेका थिए । उनीहरुको मतान्तर १०४३ रहेको छ ।

सचिव पदमा विशाल तामाङ १७४५ मत प्राप्त गरेर बिजयी  भएका छन् । उनका निकटतम प्रतिष्पर्धी दिलीप सुब्बाले १६६३ मत प्राप्त गरे । उनिहरुको मतान्तर ८२ रहेको छ ।

 जम्मा १२ वटा पद मध्ये लोकतान्त्रिक प्यानलले अध्यक्ष र सचिवसहित चारवटा पद जितेको छ भने प्रगतिशील प्यानलले उपाध्यक्ष र कोषाध्यक्षसहित आठवटा पदमा जित हासिल गरेको छ ।