लक्ष्मीपुर । 

कनकाई नगरपालिकास्थित दुर्गापुरको भृकुटी माध्यमिक बिद्यालयका शिक्षक तथा सञ्चारकर्मी पूर्णबहादुर कटुवाल (पिकेसर) लाई पृतशोक परेको छ । कनकाई–८ स्थित लक्ष्मीपुरमा साइलो छोरा गजेन्द्र कटुवालसँग बस्दै आएका ९३ बर्षिय भक्तबहादुर कटुवालको आज (मंगलबार)  बिहान २ बजेर ६ मिनेटमा निधन भएको हो । 

बिगत २० देखि स्वासप्रस्वासबाट पिडीत स्व. कटुवाल श्रीमती देउकला कटुवालका साथमा साइलो छोरा गजेन्द्रसँग बस्दै आएका थिए । कटुवालका चार भाई छोरा चार बहिनी छोरी र १८ जना नातीनातिनि रहेको पारिवारिक स्रोतले जनाएको छ । 

स्व. कटुवालका छोराहरु जेठो पूर्णबहादुर, माइलो बिजय, साइलो गजेन्द्र र कान्छो हेमन्त गरी चारभाई छन् । उनको आज १२ बजे कनकाई माईआर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।