बिर्तामोड । 

एबिसी नेपाल कोशी प्रदेश कार्यालयको आयोजना र कोशी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको सहयोगमा लैगिक हिसा  विरुद्ध एकदिने सचेतनामुलक तालिम बिर्तामोड–१० मा सोमबार सप्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाका उपमेयर एवं कार्यक्रमका प्रमुख अतिथी नगेन्द्रप्रसाद संग्रौलालले पटकपटक भएका आन्दोलनका उपलब्धिले सबै प्रकारका स्वतन्त्रता प्राप्त भएपनि यसलाई ब्यवहारिक उपयोग गर्नुपर्ने धारणा राखे । 

आफ्नो स्वतन्त्रता प्रयोग गर्दैगर्दा अरुको अधिकारको पनि सम्मान गर्न सके समस्या नहुने  बताउदै उहाले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न उनले आग्रह गरे ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि एवं बिर्तामोड नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष दुर्योधन गुरुङले महिला, पुरुष दुबैमाथी हिसा हुने बताउदै वैदेशिक रोजगारीमा गएका परिवारमा बिखण्डनको समस्या देखिन थालेको बताए। 

कार्यक्रममा  इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रकाश बिष्ट, बिर्तामोड नगरपालिका–१० नम्बर वडा सदस्य दिपिका  शिवा, प्रेस युनियन झापाका निवर्तमान अध्यक्ष इन्दु पुर्बेली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

एबिसी नेपाल कोशी प्रदेश अध्यक्ष बिष्णु शर्माको अध्यक्षतामा सप्पन्न कार्यक्रममा स्वागत एबिसी झापा अध्यक्ष कन्चना सिटौला र संचालन उमा शिवाकोटीले गरेकी थिइन् । कार्यक्रमका बक्ताहरुले हिसाको चपेटामा महिला पुरुष र तेश्रो लिङ्गी सबै पर्न सक्ने बताउदै अधिकारको सन्तुलित उपयोग गर्नुपर्ने धारणा राखे । 

मुख्य गरि आदिवासी जनजाति महिलाहरुको सहभागिता रहेको कार्यक्रममा लैगिक हिसा, हिसापीडितले न्यायिक निकायसम्म पुग्ने प्रक्रिया लगायतका बिषयमा अधिबक्ता लक्ष्मी खनाल कोइरालाले प्रशिक्षण दिएकी थिइन् ।