• रन्जित परियार

बुट्टाबारी । 

स्वच्छ समाजका लागि सामाजिक अभियान अर्जुनधारा ११ झापालाई आवासका निर्माणर्थ स्थानीय रिमाल परिवारले आर्थिक  सहयोग गरेका छन् ।

अभियानले असाय दृष्टिबिहिन, अपाङ्ग, दिन दुःखीहरुलाई बस्ने आवासका लागि बाटाका टुटेफुटेका सिसा, प्लास्टिक आदि सकलन गरि बिक्री गरि आएको रकमले अर्जुनधारा ११ प्रगतिटोल देवनिया बस्तिमा २ कट्ठा ७ धुर जमिन खरिद गरेता पनि आधा रकम भुक्तानी गर्न बाँकी रहेको अभियानका अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुङ्गानाले बताएका छन् । 

यसै क्रममा एक ब्यक्ति एक धुर सहयोग गर्ने अभियान अन्तर्गत अर्जुनधारा ११ का सहयोगी मनका धनी भक्तिप्रसाद रिमाल एवम् रिमाल परिवार सहितबाट स्वर्गीय पिता देवनारायण रिमालका नाममा एक धुर बराबरको रकम सत्तरी हजार अभियानका अध्यक्ष गणेश ढुङ्गानालाइ हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा अभियानलाई आवास बनाउने जस्तो पुन्यकार्यमा हैसेमा होस्टे गरि सहयोग गरेकोमा सामाजिक ब्यक्तित्व अभियानका  आजिवन सदस्य नरेन्द्र बहादुर खड्का लगायतले यो सराहनीय कार्य प्रति शुभकामना व्यक्त गरेका थिए ।

सडक किनारामा गाएर आफ्नो जिबिका चलाउने दृष्टिबिहिन जस्ता असायका लागि निर्माण हुन लागेको आवास एवम् जमिनका लागि सहयोग गर्न पाउँदा खुसी लागेको र यो इमानदार साथ सम्पन्न गर्नका लागि दाता भक्तिप्रसाद रिमालले शुभकामना व्यक्त गरेका थिए ।