हल्दीबारी । 

ढडुवा युवा क्लबले केही ब्यक्तिले कपोकल्पीत आरोप लगाएको भन्दै आपत्ति जनाएको छ । क्लब परिवारले पदाधिकारी, अतिथि, सल्लाहकारसँगै उपस्थित सम्पूर्णको चरित्रहत्या गर्ने कार्य गरेको भन्दै क्लवको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । क्लबले आज (सोमवार) प्रेस बिज्ञप्ती जारी गर्दै समाजमा अराजक गतिविधि गर्ने  माथि कडा निगरानी दण्डीत गर्न राज्यसँग जोडदार माग गरेको छ । क्लबले त्यस्तो कार्यप्रति  घोर भत्सर्ना र खण्डनसमेत गरेको छ । 

गत असार १ गते हल्दिबारी–२ स्थित भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा पुर्वनिर्धारित गरेको ‘भेटघाट कार्यक्रम’ पछि ताराप्रकाश डाँगी र बिश्वनाथ आपागाईले क्लबले गरेको रचनात्मक कार्यक्रमको बिषयलाई गलत तबरले व्याख्या र प्रचार गरी पूर्वाग्राही तरिकाले लगाएको आरोपप्रति क्लवबको गम्भीर ध्यानाकर्षण भएको छ । 

क्लबद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘नियोजीत रुपमा कसैको चरित्रमाथि धावा बोल्ने र सामाजिक संजालमा अरुलाई आच आउने, असर गर्ने र संचार माध्याममार्फत बेइज्जतीमा उत्रनु खेदजनक छ । व्यक्तिगत मानर्मदन गर्ने र घटना आफै सिर्जना गरी आधारहिन बिभिन्न बिबादहरुमा जोड्ने गरिएकोप्रति सबै सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा लेखिएका बिषय बस्तुप्रति सम्पूर्ण संचार माध्यम र संचारकर्मीहरुलेसँगै आम नागरिकले यो विषय गम्भिरता पूर्वक बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’ 

 ‘असार १ गते निर्धारित कार्यक्रम अनुरुप आयोजना गरिएको कार्यक्रम संचालन भएकै दिन हल्दिबारी–४ का अग्रज अभिभावक दाताराम पराजुलीको निधन संयोगवस एकै दिन परेको र सो घटनाप्रति क्लब भावविह्वल भई हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो सम्वेदना सेमत व्यक्त गर्दछौं ।’ बिज्ञप्तीमा उल्लेख छ । 

घटनालाई अतिरञ्जित गर्दै मृतक शरीरको समेत दुस्प्रचार गरी समाजमा एकखालको सद्भाव भड्काउने कार्य भएकोमा यस्ता कार्य गर्ने गराउने जो कोहिले यस्तो कार्य बन्द गरिदिन क्लबद्धारा जारी विज्ञप्ती भनिएको छ । 

सामाजिक सञ्चालनको प्रयोगलाई सहि ढङ्गले सञ्चालन गर्न नसक्ने, सञ्चारमाध्यमा के गर्ने ? के नगर्ने ? समेत हेक्का राख्न नसक्ने र कार्यक्रममा खिचेको तस्बिरलाई मृतक शरीरको फोटोसँग जोडेर भद्र मजाक गर्ने जस्ता कार्यले समाजमा पर्ने असरप्रति हामी अतिचिन्तित बनेको बिज्ञप्तीमा उल्लेख छ । क्लबद्धारा जारी बिज्ञप्तीमा क्लबका अध्यक्ष दिनेश मेचे र सचिव गुणराज निरौलाले हस्ताक्षर गरेका छन् ।