• सुदिप खवास 

बिर्तामोड । 

स्थानीय स्काउट कार्यालय झापा बिर्तामोडले नेपाल स्काउटको ७३ औं स्थापना दिवस मनाएको छ । स्थानीय स्काउट कार्यालय बिर्तामोडले आज (बुधवार)  बिर्तामोडमा बिभिन्न कार्यक्रम गरी स्थापना दिनवस मनाएको हो । 

स्थानीय स्काउटले बिर्तामोडमा ७३ औं स्थापना दिवसका अवसरमा प्रभात फेरी तथा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड–५ मा रहेको एमिटी  बोडिङ स्कुलका स्काउटसहित नगरभरका स्काउटले  प्रभात फेरी र वृक्षरोपण गरेका बताइएको छ । उनीहरुले प्रभातफेरी गर्दै बिर्ताबजार सडक आसपासमा बृक्षरोपण समेत गरेका थिए । 

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पविता महतरा प्रसाई, नगर उपप्रमुख तथा नगर स्काउटका अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, नगर शिक्षा प्रमुख तिलचन भण्डारी, स्काउट परिषद् सदस्य  इलाका प्रहरी कार्यालय बिर्तामोडमा डिएसपी  प्रकाश विष्ट, परिषद् सदस्य तथा प्रअहरु अम्बिका श्रेष्ठ, लक्ष्मण शिवाकोटी, देवेन्द्र हुमागाई, परिषद् सदस्य वेदप्रकाश अग्रवाल, अन्य परिषद् सदस्यहरु, ट्राफिक प्रहरीहरु, स्काउटरहरु, रोभर रेन्जर, स्काउट विद्यार्थीहरुलगायतको उपस्थिति रहेको विर्तामोड स्काउटका प्रमुख आयुक्त निकुञ्ज शर्माले जानकारी दिए ।