बिर्तामोड ।
पछिल्लो समय आदर्श स्कूल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढेको छ । झापाको बिर्तामोडमा रहेको आदर्शमा एसईईको रिजल्र्टसँगै बिद्यार्थीको आकर्षण बढ्ने गरेको छ । प्रत्येक बर्ष एसईई पास भएपछि बिद्यार्थीको रोजाईको बिद्यालय आदर्श हुने गरेको छ । बिर्तामोडमा अरु पनि धेरै बिद्यालयहरु रहेपनि आदर्शमा अध्ययनसँगै कामको पनि सुनिश्चिता हुने भएकाले बिद्यार्थीको घुइँचो लाग्ने गरेको छ ।

एसईईबाट उत्तिर्णसँगै बिद्यार्थीहरुमा अन्यौलता हुने गरेपनि त्यसको बिकल्प आदर्श स्कूल अफ म्यानेजमेन्ट बन्ने गरेको छ । बिर्तामोड–३ मा विगत सात वर्षदेखि होटल म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएको आदर्शमा शान्त वाताबरणमा गुणस्तरीय माध्यमबाट अध्यापन हुने भएकाले विद्यार्थीको रोजाई आदर्श स्कुल बनेको हो ।
सिटीभिटी र इटीभीए मान्यता प्राप्त आदर्शमा छात्रवृत्ति सहितको सुबिधा सम्पन्न कलेजमा हाल चा।सय जना भन्दाबढी विद्यार्थी अध्ययनरत छन् । जसमा ३५ जना शिक्षक र कर्मचारी कार्यरत छन् । उत्कृष्ट ल्याब, किचन सहितको व्यवस्थापन सञ्चालन आदर्शले साझेदार संस्थासँगको सहकार्यमा विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासका लागि पनि पठाउने गरेको स्कुलका सञ्चालक संजोग खरेलले जानकारी दिए ।
सञ्चालक खरेलका अनुसार कलेजमा बिद्यार्थीले अध्ययनसँगै काम गरेर पढ्ने बाताबरण पनि भएकाले विद्यार्थीको आकर्षण बढेको छ । गरिव तथा बिपन्न परिवारका बिद्यार्थीले होटल म्यानेजमेन्ट पढ्न नसक्ने अवस्थालाई पनि आदर्शले गलत सावित गरेको सञ्चालक खरेलको भनाई छ । ‘सबै विद्यार्थी कलेज आउँछन्, दिउँसो विभिन्न होटलहरुमा आवद्ध छन्’ सञ्चालक खरेलले भने ‘केही विद्यार्थी नेपालकै सुविधासम्पन्न पाँच स्टार र थ्री स्टारमा किचनदेखि वैटरसम्मको काम गर्दै अध्ययन गरिरहेको उदाहरण छ ।’ आदर्शमा बारिस्ता, क्यानेडियन र मलेसियन सटीफाईटलगायतका विभिन्न विषयमा अध्यापन हुने गरेको उनले बताए ।
आदर्शमा ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित कोशी प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेको सञ्चालक खरेलले जानकारी दिए ।