बिर्तामोड । 

झापाको बिर्तामोडमा महिला मेयर भएका कारण शहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रम अन्तर्गत आएको बजेटबाट अतिथि सदन रोडको स्तरोन्नतिको काम धमाधम भईरहेको छ ।

अतिथि सदन रोड हुँदै मनकुमार गौतमको घरसम्म ९२५ मिटर सडक स्तरोन्नति हुने नगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । 

 शहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रम अन्तर्गत आएको बजेटबाट अतिथि सदन रोडको स्तरोन्नतिको काम धमाधम भईरहेको छ । सडकको आज कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अनुगमन  गरेका छन् ।