बिर्तामोड ।
झापा बिर्तामोडमा टिकटक कलेक्सन, चाइना मार्केट र विरयानी हाउसकी सञ्चालक सबु चुँडालले संघले स्थापना गरेको ब्यवसायी राहत कोष आर्थिक सहयोग गरेकी छिन् ।
समाजमा केही गर्नु पर्छ भन्ने मान्यता राख्ने उनले आफ्नो जन्मदिन अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघमा आफ्ना श्रीमान् शिव चुडालसहित संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा रकम प्रदान गरेर आफ्नो जन्म दिन मनाएकी हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई २१ हजार एक सय ११ रुपैयाँ बरावरको चेक हस्तान्तरण गर्दै संघले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल हरेक जन्मोत्सवमा सहयोग गर्ने बताइन् ।
सबुका श्रीमान शिवले समेत श्रीमतीको जन्म दिन संघको कार्यालयमा आएर मनाउन पाएको भन्दै खुशी व्यक्त गरे । उनले आफू र परिवाका अन्य सदस्यको समेत जन्मदिन संघको कार्यालयमा आएर मनाउने प्रतिवद्धता जनाए । उनले राहत कोष ब्यवसायीहरुको हितका लागि भएकाले सवैले एक करोड रुपैयाँ पु¥याउन जुट्नसमेत आग्रह गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका सचिव राजकुमार शाहले संचालन गरेको कार्यक्रममा राहत कोषमा रकम प्रदान गर्ने सबु र शिवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । सो कदरपत्र संघका अध्यक्ष न्यौपानेसहित कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ले संयुक्त रुपमा प्रदान गरेका थिए ।


















