बिर्तामोड ।
लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको अध्यक्षमा यशोदा उप्रेती चयन भएकी छिन् । उनी सन २०२५–२०२६ का लागि अध्यक्षमा चयन भएकी हुन् ।
वीरता लेडी जेसीजको मानार्थ, ट्रष्ट नेपालको उपाध्यक्ष, महिला उद्यमी समूहको सल्लाहकार समेत रहेकी उनी इलाम झापा मैत्री समाजको आजिवन सदस्य तथा झापा गोल्डकपको सदस्य रहेकी छिन् ।
लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको प्रथम उपाध्यक्ष सरु भुर्तेल खनाल, द्वितीय उपाध्यक्ष गोमा खड्का मैनाली, तृतीय उपाध्यक्ष पुनम घिमिरे उप्रेती, सचिव सीला भट्टराई बराल, सह–सचिव शोभा दाहाल, कोषाध्यक्ष लीला खरेल दंगाल, सह–कोषाध्यक्ष निर्जला उप्रेती रहेका छन् ।
सन २०२४–२०२५ की अध्यक्ष मञ्जु उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक लीला मैनाली, निर्वतमान अध्यक्ष अन्जु खड्कासहितको उपस्थितिमा २२ सदस्यीय कार्य समिति चयन भएको हो ।


















