चन्द्रगढी ।

झापाको चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयको अध्यक्षमा नवराज घिमिरे  चयन भएका छन् । पुस्तकालयको आज (शुक्रवार) सम्पन्न ४० औं साधरण सभाले घिमिरेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

नव गठित कार्य समितिको उपाध्यक्ष राजेश ढुङ्गाना, सचिव हरिकिशोर आचार्य, सह–सचिव गोबिन्द कोइराला र कोषाध्यक्ष माधब घिमिरेका साथै सद्स्य निर्मला बास्तोला दङ्गाल र बिकास ढकाल रहेका छन् । नव गठित समितिको पहिलो बैठकले चार जना सदस्य मनोनित गरिने जनाइएको छ ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराईका साथै प्रा.डा. गंगा प्रसाद अधिकारी र गंगा प्रसाद ओलीले शुभकामना मन्तब्य राखेका थिए । 

लेखनाथ पुस्तकालयका कार्यवाहक अध्यक्ष खगिन्द्रा खुशीले सस्थाको नीति, कार्यक्रम प्रस्तुत गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष गोबिन्द कोइरालाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 

पुस्तकालयका कार्यवाहक अध्यक्ष खगिन्द्रा खुशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन हरि किशोर आचार्यले गरेका थिए ।