बिर्तामोड । 

झापाको बिर्तामोडमा पुस ४ गते (भोली) देखि छैटौं वडास्तरीय युवा तथा दोस्रो वडा स्तरीय भेट्रान्स फुटवल प्रतियोगिता २०८२ सुरु हुने भएको छ । प्रतियोगिता बिर्तामोड ७ स्थित नेत्र पार्कको खेल मैदानमा हुनेछ । 

बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुन गइरहेको प्रतियोगिताको फाइनल खेल पुस १३ गते सम्पन्न हुने विशाल अग्रवालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन बिर्तामोड नगर प्रमुख पवित्रादेवि महतारा प्रसाईले गर्नेछिन् । 

छैटौं वडास्तरीय युवा फुटवल प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख, उपविजेताले ५० हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, दोस्रो वडा स्तरीय भेट्रान्स फुटवल प्रतियोगिताको उपाधि विजेताले २५ हजार र उपविजेताले १५ हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि स्थानीय स्तरमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गिरीको भनाई छ ।