बिर्तामोड । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापाको क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरेको छ । बिर्तामोड–५ महानन्द चोक नजिकै सगरमाथा टोल स्थित सरस्वती होमियोप्याथी भएको घरमा सम्पर्क कार्यालय उद्घाटन गरेको हो । 

आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारका प्रत्यासी धर्मशिला चापागाईंले व्यानर वाचन गरी कार्यालय उद्घाटन गरेकी थिइन् । २ नम्बर क्षेत्रका इन्चार्ज खड्ग तिम्सिना (पवन) ले पार्टीको सर्कुलर वाचन गरेका थिए । 

केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामीले निर्वाचन आचारसंहिताको बारेमा राजनीतिक दल, आयोग, सुरक्षा निकाय र प्रशासनसँग भएको छलफलको विषयवस्तु जानकारी गराएका थिए । 

कार्यक्रममा केन्द्रीय सदस्य बासु दुलाल,  डा. बीपी मिश्रलगायत केन्द्रदेखि वडा तहसम्मका नेता तथा कार्यकर्ता सहभागी थिए । कार्यक्रम क्षेत्र नम्बर २ निर्वाचन परिचालन समिति संयोजकसमेत रहेका केन्द्रीय सदस्य हरि रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । पार्टीले यस अघि नै ५०१ सदस्यीय निर्वाचन परिचालन समिति तथा विभिन्न उपसमिति समेत निर्माण गरी जिम्मेवारी दिइसकेको छ ।