• बासु दुलाल 

नेपाली कम्युनिस्ट आन्दोलन इतिहास, बलिदान र जनआकांक्षाको जगमा उभिएको आन्दोलन हो। आजको बदलिँदो सामाजिक–आर्थिक संरचना, प्रविधिको तीव्र विकास र जनचेतनाको नयाँ तहले पार्टी निर्माणलाई नयाँ दृष्टिकोणसहित अघि बढ्न बाध्य बनाएको छ। झापा जस्तो राजनीतिक रूपमा सचेत, जनघनत्व र विविध भूगोल भएको जिल्लामा पार्टीलाई व्यवस्थित, जनप्रिय र लोकप्रिय बनाउनु हाम्रो प्रमुख चुनौती र अवसर दुवै हो।

१. जनशैली कार्यशैली  र जीवनशैलीः 

पार्टी जनताबाट अलग होइन, जनतासँगै बाँच्ने संगठन हुनुपर्छ।

जनशैली भनेको जनताको पीडा, आवश्यकता र आशालाई आत्मसात् गर्ने पार्टी हो।

कार्यशैली भनेको निर्णय मात्रै होइन, परिणाम दिने पार्टी हो।

जीवनशैली भनेको कार्यकर्तालाई राजनीतिक मात्र होइन, सामाजिक र आर्थिक रूपमा पनि सक्षम बनाउने संगठन हो। नेतृत्व सरल इमान्दर कर्तब्यनिष्ट भयो भने मात्र जनताले अनुसरण गर्ने छन् ।  त्यसका निम्ति हाम्रा आनिबानी खान पिन र जीवन व्यवहार असल र जनताले देख्ने र बुझ्ने हुनु पर्दछ ।

यसका लागि नेता–कार्यकर्ताबीच कुनै दूरी, भय वा असहजता हुनुहुँदैन। सबै तहका नेता र कार्यकर्ता उत्पादन, श्रम र समाजसेवामा जोडिनुपर्छ।

२. पारदर्शिताः विश्वासको मेरुदण्ड

पारदर्शिता मेरो मूल चिन्ता र आधार हो।

आर्थिक तथा सांगठनिक सबै गतिविधि १००५ पारदर्शी हुनुपर्छ।

– पार्टीको आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गरिने

– नियमित कार्यालय सञ्चालन र अभिलेख व्यवस्थापन

– खर्च र निर्णयको स्पष्ट रिपोर्टिङ

यसले जनतामा विश्वास निर्माण गर्छ र कार्यकर्तामा स्वामित्वबोध बढाउँछ।

३. न्यायोचित मूल्यांकन र अनुशासन

 काम गर्ने कार्यकर्ताको सम्मान र मूल्यांकन अनिवार्य छ।

– जिल्ला तहमा अनुगमन तथा मूल्यांकन विभाग सक्रिय बनाइने

– जिम्मेवारी अनुसार मूल्यांकन, दण्ड–इनामको स्पष्ट मापदण्ड

– निष्क्रिय, पलायन भएका वा निराश कार्यकर्तासँग पुनः संवाद र समावेशीकरण

पूर्व जनमुक्ति सेनाका योद्धा, पुराना कम्युनिस्ट र निष्क्रिय कमरेडहरूसँग नियमित भेटघाट र अन्तरक्रिया पार्टी पुनर्निर्माणको आधार हो।

४. झापाको भूगोल र जनसंख्या अनुसार रणनीति

झापा जिल्ला तराई, शहरी र ग्रामीण संरचनाको मिश्रण हो।

– जनसंख्या घनत्व अनुसार वडारक्षेत्र केन्द्रित संगठन

– सीमा क्षेत्र, मजदुर, किसान, युवाहरूलाई लक्षित विशेष कार्यक्रम

– नेता–कार्यकर्ताको सशक्त उपस्थितिसहित टोल–टोलमा राजनीतिक गतिविधि

रणनीति केन्द्रमा होइन, मैदानमा बनेको हुनुपर्छ।

५. डिजिटल प्लेटफर्मः नयाँ पुस्तासँगको सेतु

आजको राजनीति डिजिटल युगको राजनीति हो।

पार्टीलाई डिजिटल रूपमा व्यवस्थित गर्नः

– झापा जिल्लाको आधिकारिक फेसबुक पेज, युट्युब, टिकटक, ह्वाट्सएप नेटवर्क

– पार्टी गतिविधि, विचार, निर्णय र जनसरोकारका विषय नियमित सम्प्रेषण

– डिजिटल स्वयंसेवक(Digital Volunteers)  परिचालन

– गलत प्रचारको तथ्यसहित खण्डन र सकारात्मक सन्देशको प्रवाह

डिजिटल माध्यम जनतासँग प्रत्यक्ष संवादको सबैभन्दा प्रभावकारी हतियार हो।

६. जनआकर्षण बढाउने कार्यक्रम

जनता तिर फर्किने प्रक्रिया सुरु भएको छ, अब फिल्डमै भेट हुनुपर्छ।

– घरदैलो अभियान

– सदस्यता नवीकरण तथा वितरण अभियान

– श्रम, सेवा र सहकार्यमा आधारित कार्यक्रम

– शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनसँग जोडिएका स्थानीय पहल

पार्टी नारामा होइन, व्यवहारमा चिनिनुपर्छ।

७. चुनौती र सम्भावना

चुनौतीहरूः

– जनतामा राजनीतिक वितृष्णा

– संगठनात्मक कमजोरी

– डिजिटल युद्धमा पछि पर्ने जोखिम

सम्भावनाहरूः

– झापामा राजनीतिक चेतना उच्च

– युवा जनशक्ति प्रशस्त

– इतिहास, बलिदान र संगठनको आधार विद्यमान

सही नेतृत्व, स्पष्ट दृष्टिकोण र सामूहिक श्रमले यी सम्भावनालाई शक्तिमा बदल्न सकिन्छ।

निष्कर्ष

नेपाली कम्युनिस्ट पार्टीलाई झापामा पुनः जनताको भरोसाको केन्द्र बनाउन पारदर्शिता, अनुशासन, उत्पादन, डिजिटल सक्रियता र जनतासँगको प्रत्यक्ष सम्बन्ध अनिवार्य छ।

नेतृत्व आदेश दिने होइन, अगाडि हिँड्ने उदाहरण बन्नुपर्छ। पार्टी निर्माण कुनै एक व्यक्तिको काम होइन, तर स्पष्ट दृष्टिकोण भएको नेतृत्वले सामूहिक शक्तिलाई दिशा दिन सक्छ। यही मेरो दृष्टिकोण हो— जनतासँगै, जनताका लागि, जनताद्वारा पार्टी निर्माण । अस्तु  लाल सलाम

लेखक नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला सह–इन्चार्ज हुन् ।