विर्तामोड ।
नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघ (काउन) झापाको आठौं जिल्ला अधिवेशन आज (बिहीवार) विर्तामोडमा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध उक्त संघको अध्यक्षमा सिरतलाल राजवंशी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् ।
११ सदस्यीय उक्त समितिको उपाध्यक्षमा राम राई, महिला उपाध्यक्षमा प्रमिला अधिकारी, सचिवमा सञ्जय शेख, सहसचिवमा सचिन धिमाल र कोषाध्यक्षमा मानिक राजवंशी चयन हुनुभएको निर्वाचन समिति संयोजक जयकुमार दाहालले जानकारी दिए। सर्वसम्मत रुपमा गठित समितिका सदस्यहरुमा रामलाल राजवंशी, मोती चौधरी, विजय राजवंशी, राम राजवंशी र कार्तिकलाल राजवंशी चयन हुनुभएको छ ।
सिरतलाल राजवंशीको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष एवं प्रमुख अतिथि यज्ञप्रताप अधिकारीले सबै गाउँ÷नगरमा संगठन विस्तार गर्न आग्रह गरे। कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेलले सबै मजदुरहरुलाई एकताबद्ध गरेर सबल संगठन बनाउन आग्रह गरे ।
काउनका केन्द्रीय सदस्य बुद्धिप्रसाद पाण्डे, प्रभुलाल राजवंशी लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव सञ्जय शेखले गरेका थिए ।


















