बिर्तामोड । 

तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुलले काठमाडौंस्थित होटल प्याडिसनमा आयोजित Cambridge English Leadership Conference (CELC) २०२६ मा एकैसाथ विभिन्न प्रतिष्ठित सम्मान तथा मान्यताहरू प्राप्त गर्दै शैक्षिक उत्कृष्टताको क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ । नेपालभरिका ३० भन्दा बढी अग्रणी ’ए’ श्रेणीका विद्यालयहरूसँग प्रतिस्पर्धा गर्दै विद्यालयले Pinnacle Performer Award २०२५–२०२६, Cambridge English Educational Partner (CEEP) Recognition २०२६–२०२८, Promising School Award tyf Token या Appreciation प्राप्त गर्न सफल भएको हो ।

उक्त सम्मानहरू नेपालका लागि बेलायतका महामहिम राजदूत श्री रोब फेन (Rob Fenn) तथा क्याम्ब्रिज यूकेकी प्रतिनिधि सुश्री हेलेन केन्योन (Helen Kenyon) द्वारा देशभरका प्रतिष्ठित शिक्षाविद्, शैक्षिक नेतृत्वकर्ता तथा विभिन्न अग्रणी शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा प्रदान गरिएको थियो।

प्राप्त सम्मानहरूमध्ये  Pinnacle Performer Award २०२५–२०२६ क्याम्ब्रिज यूकेद्वारा प्रदान गरिने सर्वाधिक प्रतिष्ठित संस्थागत सम्मान हो । क्याम्ब्रिज इङ्ग्लिस योग्यता कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शैक्षिक गुणस्तरप्रतिको उच्च प्रतिबद्धता तथा उत्कृष्ट शैक्षिक नेतृत्वका आधारमा प्रदान गरिने यस सम्मानले तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुलको उत्कृष्ट कार्यसम्पादन र अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डप्रतिको समर्पणलाई प्रमाणित गरेको छ ।

त्यसैगरी, विद्यालयले Cambridge English Educational Partner (CEEP) २०२६–२०२८ को औपचारिक मान्यता समेत प्राप्त गरेको छ । यस मान्यताले अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा शिक्षण, मूल्याङ्कन प्रणाली तथा विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यताहरू प्रदान गर्ने विद्यालयको निरन्तर प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

विद्यालयलाई प्रदान गरिएको Promising School Award ले गुणस्तरीय शिक्षाको प्रवद्र्धन, नवप्रवर्तन, द्रुत संस्थागत विकास तथा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रममार्फत शिक्षा क्षेत्रमा पुर्याएको  उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गरेको छ ।

यसका अतिरिक्त,Cambridge English tyf LCCI Global Qualifications ले विद्यालयसँगको निरन्तर सहकार्य, समर्पण तथा क्याम्ब्रिज इङ्ग्लिस योग्यताको उत्कृष्ट प्रवद्र्धनमा पुरÞ्याएको योगदानको कदरस्वरूप Token of Appreciation समेत प्रदान गरेका छन् ।

यी सम्मानहरू विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की प्रसाईलाई प्रदान गरिएको थियो भने उहाँको तर्फबाट विद्यालयका शैक्षिक निर्देशक डा. भिक्टर इग्नाटियस जोन जोसेफले औपचारिक समारोहमा ग्रहण गरेका थिए । 

सम्मान ग्रहणपश्चात् आफ्नो धारणा व्यक्त गर्दै डा. भिक्टर इग्नाटियस जोन जोसेफले क्याम्ब्रिज इङ्ग्लिस तथा एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सप्रति हार्दिक आभार व्यक्त गरेका थिए । उनले यी उपलब्धिहरू विद्यालयको नेतृत्व, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सामूहिक समर्पण, मेहनत र प्रतिबद्धताको परिणाम भएको बताए ।

उनले भने ѭयी सम्मानहरू सम्पूर्ण तक्षशिला परिवारका लागि गर्वको विषय हुन् । यिनले हामीलाई शिक्षाको गुणस्तरलाई अझ उचाइमा पुरÞ्याउन तथा विद्यार्थीहरूका लागि अझ प्रभावकारी र अर्थपूर्ण सिकाइ अनुभव सिर्जना गर्न प्रेरित गरेका छन् । क्याम्ब्रिज इङ्ग्लिससँगको हाम्रो सहकार्यले अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग्यताहरू प्रदान गर्नुका साथै आत्मविश्वासी, सिर्जनशील, समालोचनात्मक सोच भएका र विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम नागरिक उत्पादन गर्ने हाम्रो लक्ष्यलाई थप मजबुत बनाएको छ ।’

यी महत्वपूर्ण उपलब्धिहरूले तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुललाई शैक्षिक उत्कृष्टता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाप्रति प्रतिबद्ध नेपालको अग्रणी शैक्षिक संस्थाका रूपमा थप स्थापित गरेका छन् । साथै, यी सम्मानहरूले विश्वव्यापी परिवेशमा सफलतापूर्वक प्रतिस्पर्धा गर्न सक्षम, दक्ष र भविष्यमुखी विद्यार्थी उत्पादन गर्ने विद्यालयको दीर्घकालीन दृष्टिकोणलाई समेत प्रतिबिम्बित गरेका छन् ।