झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भदौ अन्तिम हप्तादेखि नेपालबाट वैदेशिक रोजगारमा श्रमिक उडाउन रोक्ने निर्णय गरेको छ ।

संघको कार्यसमिति पदाधिकारीको बुधबार बसेको बैठकले भिसा आएका र श्रम स्वीकृति भएका श्रमिकलाई एक हप्ता भित्र उडान गर्ने र त्यसपछि श्रम स्वीकृति नलिने संघले जनाएको हो । 

महासचिव हरिबहादुर डाँगी (हरि का अनुसार उडाउन रोक्ने निर्णय गरेको गरिएको छ । संघले पत्रकार सम्मेलन गरेर आन्दोलनको खाका सार्वजनिक गर्नेसमेत जानकारी दिइएको छ ।