झापा । 

 झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । बुधबार कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान जानेको संख्या ५ सय ३ पुगेको हो । बुधबार एकैदिन मेची अस्पतालमा तीनजनाको मृत्यु भएको छ ।

भद्रपुरका ७६ वर्षिय पुरुष , गौरादहका ४४ वर्षिय पुरुष र मेचीनगरका ७६ वर्षिय पुरुषको मेची अस्पतालमा मृत्यु भएको हो । त्यस्तै इलामकी ७० वर्षिया महिलाको बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ । बिहीबार भने कसैको पनि मृत्यु भएको छैन ।

  झापामा कोरोना संक्रमितको मृत्युको तथ्यांकलाई हेर्दा दोस्रो लहरमा ३ सय ७४ जनाको ज्यान गएको छ । 

प्रतिदिन दैनिकबाट साभार