• © विवेक दुलाल क्षेत्री ‘दमक’

‘यो चराचर जगतमा सबै भुली रहेका छन् । कोहि पैसामा, कोहि कुर्शीमा कोहि स्वार्थमा, कोहि प्रेममा, कोहि ब्यापारमा यसरी हेर्दा मान्छेको भुली रहनु उसको स्वभाव हो’ अचानक उस्को अन्तरमनले भन्यो ।

‘त्यसो भए मानिस किरा कीट पतङ्गहरुमा के फरक भयो र,भुल्नलार्इ त झिग्गा भातका सितामा, पात पतिङ्गरमा भुली रहेको हुन्छ, पशुहरु पनि आहारमा भुली रहेका हुन्छन् यस्तो पनि कुरा गरेर हुन्छ, हैट  भुल्नु त सरासर काचो परिभाषा हो !’  उसको अन्तरमनले उसको अघिल्लो सोचलाई प्रतिबाद गर्यो ।

अन्त्यमा उस्को अन्तरमनले  आफैलाई सुझायो –   

‘जसरी यो पृथ्वी र पृथ्वीका सारा प्राणिलार्इ उज्यालो बाड्दा सूर्यले केही मूल्य माग्दैन, जसरी हामीलार्ई बोट बिरुवाले हावा यानी अक्सिजन दिदा कर तिर्नु पर्दैन, जसरी रातमा पनि बिना शर्त बाटो देखार्इ रहेको हुन्छ जून, त्यस्तै निस्वार्थी र कर्मबीर पो हुनु पर्ने होइन र मान्छेको स्वभाव !’ 


दमक बजार झापा

हाल - अबुधाबी ,युएई ।