बिर्तामोड । 

गरिव तथा अति विपन्न क्यान्सर रोगीको उपचारका लागि अनुप्रस्ताव फाउण्डेशन तथा पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । पैसा नभएर कोही मर्नु हुँदैन भनेर गरिव तथा विपन्नको उपचारमा सहयोग पुर्याउने लक्ष्यका साथ अनुप्रस्तावले उपचारमा आर्थिक सहयोग गराउन अस्पतालसँग सम्झौता गरेको हो । 

मैगलबार (आज) फाउण्डेशनका अध्यक्ष निरन शाही र अस्पतालका डाक्टर निराजन प्रसाईले सम्झौतामा हस्ताक्षर गरेका छन् । झापाको बिर्तामोडमा अनुप्रस्ता ब्याण्डका नामले परिचित उक्त फाउण्डेशनले आर्थिक अभावका कारण उपचार सेवा पाउन नसकेका गरिब तथा विपन्नको उपचार सहज बनाउने उदेश्यले अस्पतालसँग सम्झौता गरेको फाण्डेशनका सदस्य विशाल अग्रवालले जानकारी दिए । 

कार्यक्रममा अस्पतालका डाक्टर विरेन्द्र यादबले अस्पताल सेवासुबिधा र क्यान्सर रोगको अवस्था वारे जानकारी दिएका थिए भने कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले गरेका थिए ।