बिर्तामोड ।
झापाको बिर्तामोड–३ बिर्ताबजारमा कार्यालय रहेको श्री गरामनी कृषि सहकारी संस्थाले १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सोमबार (आज) बिर्ताबजारमा भएको १५ औं बार्षिक साधारणसभाका अवसरमा उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि सदस्य र उत्कृष्ट बालबचत कर्तालाई सम्मान गरेको छ ।
संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा सिता राई, उत्कृष्ट बचतकर्ताको रुपमा ख्यामकुमारी राई, उत्कृष्ट ऋणि सदस्यको रुपमा भूमेश राई र उत्कृष्ट बाल बचतको रुपमा बिदुर सुवेदीलाई सम्मान गरेको हो ।
संस्ताका अध्यक्ष ताराप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाको सह–सचिव कृष्णप्रसाद मिश्रको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि मिश्र, रामजानकी साकोसका अध्यक्ष दलबहादुर कार्की, राष्ट्रिय सहकारी बैंकका बिर्तामोड प्रमुख बिबेक डाँगीलगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका लेखा समिति संयोजक पदमप्रसाद बाँस्कोटाले स्वागत तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिब गोपाल सिटौलाले गरेका थिए ।

संस्थाका अध्यक्ष चापागाईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८/०७९ सम्ममा २ हजार ७ सय ३४ जना रहेका छन् भने शेयरपुँजी १ करोड ७१ लाख १९ हजार २०० रुपैयाँ रहेको छ ।
त्यस्तै कोष हिसाब ३१ लाख ३० हजार ७६९ रुपैयाँ ३९ पैसा, निक्षेप हिसाब ३ करोड २८ लाख ६१ हजार ७५ रुपैयाँ ३० पैसा, आवद्धता र लगानी ६ लाख २३ हजार ६००, लगानीमा रहेको ऋण ६ करोड ८९ लाख १८ हजार ६४३, आम्दानी हिसाब १ करोड १५ लाख ७१ हजार १६२ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यसैगरी संस्थाले जम्मा संस्थाले यस आर्थिक बर्षमा १ करोड ७६ लाख ७० हजार आम्दानी गरेको छ भने खर्च १ करोड ५४ लाख ३५ हजार गरेर नाफा २२ लाख ३५ हजार भएको अनुमान गरेको अध्यक्ष चापागाईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

















