बिर्तामोड । 

दशनामीहरुको बाहुल्यता रहेको झापा बिर्तामोड–५ को ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाले १० औं बार्षिक साधारणसभा गरेको छ । बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको संस्थाले शनिवार (आज) नेपाल दशनामी समाज झापाको भवनस्थित बुट्टाबारीमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका जेष्ठ सदस्य माथुराम गिरीको प्रमुख आतिथ्य रहेको थियो । अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष भरतलालले प्रस्तुत गरेको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक गणेश गिरी र आर्थिक बर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट संस्थाका सचिब शंकर गिरीले प्रस्तुत गरेका थिए ।

 संस्थाका उपाध्यक्ष खिलबहाुर गिरी (राजु) ले स्वागत गरेको कार्यक्रममा नेपाल दशनामी समाज प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरी, समाजका केन्द्रिय कोषाध्यक्ष डम्बर बन, झापा अध्यक्ष केदार गिरी, रुद्रप्रसाद गिरी, तीलकप्रसाद गिरी, अर्जुनधारा ११ वडा सदस्य सुशिला गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष खड्ग गिरीले गरेका थिए । 

dasnami

कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रिय सदस्य लभकुश गिरी, समाजका प्रदेश सह–सचिव पदमबहादुर पुरी (प्रकाश), प्रदेश सदस्य बालकृष्ण गिरीलगायतको उपस्थिति रहेको थियो । 

आर्थिक बर्ष २०७८/०७९ सम्ममा एकहजार ६ सय ७३ जना शेयर सदस्य रहेका संस्थाको शेयरपुँजी १ करोड ९६ लाख ५ हजार रुपैयाँ रहेको छ । 

त्यस्तै कर्जा लगानी २ करोड ९७ लाख ६८ हजार ८४४, बचत तथा निक्षेप हिसाव १ करोड १८ लाख ८० हजार १२९ रुपैयाँ ८१ पैसा, कोष हिसाव ५२ लाख ८० हजार ७१५ रुपैयाँ ५२ पैसा रहेको छ । संस्थाले आव २०७८/०७९ मा जम्मा आम्दानी ४१ लाख ६९ हजार १५९ रुपैयाँ १० पैसा र खर्च २७ लाख ३३ हजार २८९ रुपैयाँ ४३ पैसा गरी शुद्ध नाफा १३ लाख ६४ हजार ७५ रुपैयाँ ९६ पैसा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।