बिर्तामोड ।
लामो समयदेखि सहकारी अभियानमा सक्रिय झापा भवानीप्रसाद दङ्गाल रास्ट्रिय सहकारी बैंक (रास बैंक) को लेखा सुपरिवेक्षण समितिको सदस्यका लागि उम्मेद्वारी दिएका छन् ।
बिगत दुई दशकदेखि सहकारी आन्दोलनमा निरन्तर रूपमा लागिरहेका दङ्गालले झापा जिल्ला सहकारी संघको सचिबको भुमिका जिम्मेवारी पूर्वक निर्वाह गरिरहेका छन् ।
सहकारी अभियानलाई निरन्तर अगाडि वढाउन र सहकारी बैंकको गरिमा उच्च राख्न आफ्नो तर्फबाट उम्मेद्बारी परेको उल्लेख गर्ने दङ्गाल भन्छन् ‘जितपछि बैंकको साख वृद्धि गर्दै सहकारी संस्थाको लगानी विविधीकरण र उन्नतिका लागि म दत्तचित्त भएर लाग्नेछु।’
आगामी पुस १६ गते सप्पन्न हुने बैंकको १९ औ बार्षिक साधारण सभाका क्रममा मतदान गरेर आफुलाई विजयी गरिइ दिन उनले सहकारी कर्मीहरुसँग अनुरोध गरेका छन् ।
देशैभरिका सहकारी संस्थाका प्रतिनिधिहरुलाई एकपटक आफुलाई सेवा गर्ने मौका प्रदान गर्न अनुरोध गर्दै उनले एक बिज्ञप्ति सार्वजनिक गरेका छन् । निर्वाचन सातै प्रदेशमा आगामी पुस १६ गते हुँदैछ ।