दुर्गापुर । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ३ सुरुङ्गाको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधरणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा पुनः कुमारमणि पोख्रेल सर्वसम्मत भएका छन् । 

सहकारीको साधरणसभाले पुनः  पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा पनि पोख्रेल  नेतृत्वको पुरानै समितिले निरन्तता पाएको हो । 

अध्यक्षमा पोख्रेल, उपाध्यक्षमा एलपी उप्रेती, सचिवमा शिव कडेँल र सदस्यहरुमा निर्मला चाम्लिङ्ग राई, सुजन काफ्ले, विनिता मैनाली, डिपी गौतम, त्रिलोचन चिमरिया, जनक कार्की, जविन तिम्सिना, कमल कट्टेल रहेका छन् ।

त्यस्तै लेखा समितिको संयोजकमा लुवराज उप्रेती सदस्यमा सुमन कार्की र चन्द्रकला ढकाल रहेका निर्वाचन समितिका संयोजक सोमनाथ उप्रेतीले जानकारी दिए ।