बिर्तामोड । 

झापाको बिर्तामोड–१ को गुणस्तरीय कृषि सहकारी संस्थाको ७ औं बार्षिक साधारणसभा बिर्तामोडमा भएको छ । संस्थाले शनिवार (आज) बिर्तामोडमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

संस्थाका उपाध्यक्ष केदार ढुङ्गानाको अध्यक्षतामा भएका कार्यक्रममा बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका सञ्चालक समिति सदस्य सुरेन्द्र खरेलले गरेको कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन संस्थाका सचिव कर्णबहादुर पौडेलले प्रस्तुत गरेका थिए । 

सचिव पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८/०७९ सम्ममा २ सय ५ जना शेयर सदस्य रहेको संस्थाको शेयरपँुजी ४९ लाख ३९ हजार १०० रुपैयाँ रहेको छ । 

sahakari 111

त्यस्तै कुल निक्षेप ७६ लाख २६ हजार ९००, कर्जा लगानी १ करोड ३७ लाख ३२ हजार २००, ब्याज आम्दानी १६ लाख ७३ हजार ७००, ब्याज खर्च ४ लाख ५३ हजार, कर्जा जोखिम कोष ब्यवस्था २ लाख ५७ हजार ८००, कर्मचारी तथा कार्यालय सञ्चालन खर्च ८ लाख ३४ हजार २०० गरी खुद नाफा ६ लाख २० हजार ९०० रुपैयाँ गरेको सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख छ । 

कार्यक्रममा सहारा नेपाल साकोसका कोषाध्यक्ष डम्बरबहादुर देउजा, म्यानपावर ब्यवसायी धनबहादुर पन्धाक, पुर्णिमा कृषि सहकारी अध्यक्ष छबिलाल बिक, मिलनसार सहकारीका उपाध्यक्ष अजय देवलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव पौडेलले गरेका थिए । 

  • अध्यक्षमा सर्वसम्मत पौडेल 
    • साधारणसभाले अध्यक्षमा कर्ण बहादुर पौडेल, उपाध्यक्षमा केदार ढुंगाना, सचिव दिनेशकुमार पोखरेल, कोषाध्यक्ष कृष्णकुमारी खनाललाई सर्वसम्मत चयन गरेको छ । 
    • त्यस्तै सदस्यमा योगेन्द्र खतिवडा, महेन्द्र रिजाल, ममता गुरुङ, चन्द्रकुमार पौडेल, हसिना अधिकारी, कपिलमणि डागी र दुर्गा देवि लिम्बू चयन भएका छन् । 
    • त्यसैगरी लेखा समिति संयोजक सुरेन्द्र  खरेल, सदस्यमा प्रेमबहादुर  निरौला र अन्जु लामिछाने चयन भएका पौडेलले जानकारी दिए ।