बिर्तामोड । 

श्री सुनकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड नगरका सहकारीहरु मध्ये १० औं स्थानमा पर्न सफल भएको छ । बाहिरबाट ऋण नलिने र संस्थाको पुँजीबाट सञ्चालन हुने सहकारी मध्ये सुनकोशी उत्कृष्ट सहकारी भएको बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहालले बताएका छन्् ।  संस्थाको १६ औं बार्षिक साधारण सभामा सम्बोधन गर्दै दाहालले  बिर्तामोडका सहकारी मध्ये सुनकोशी १० औं स्थानमा भएको बताएका हुन् । 

झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको संस्थाले शनिवार (आज) बिर्तामोडमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामा भएको साधारण सभामा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संस्थाकी उपाध्यक्ष रञ्जु बरालले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिर्तामोड नगर सहकारी अधिकृत दाहाल, जिल्ला सहकारी संघ झापा सदस्य केशवप्रसाद बस्नेत, झापा जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल पराजुलीले गरेका थिए । 

sunkkk

संस्थाले १६ औं बार्षिक साधारण सभामा उत्कृष्ट बालबचतकर्ता अनुष्का राजवंशी, रोहन पौडेल र सुहाना कडरियालाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट ऋणिका रुपमा शर्मिला तामाङ, संगीता कट्टेल र अम्बरबहादुर श्रेष्ठलाई सम्मान गरेको छ भने उत्कृष्ट बचतकर्ता मञ्जु विश्वकर्मा, मनोज पौडेल र होमनारायण राजवंशीलाई सम्मान गरेको संस्थाका सदस्य संजय पौडेलले जानकारी दिए । 

आर्थिक बर्ष २०७८/०७९ सम्ममा २ हजार १ सय ८३ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी २ करोड १ लाख २८ हजार रुपैयाँ रहेको अध्यक्ष ओडारीद्धारा प्रस्तुत प्रतिवेदनमा छ । अध्यक्ष ओडारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार बचत संकलन ११ करोड ५२ लाख ८८ हजार ५३६, बचत मौज्यात रहेको, कोष १ करोड ३२ लाख ४ हजार ७९३ रुपैयाँ १३ पैसा, कर्जा लगानी ११ करोड ६७ लाख ६३ हजार ३६१, कुल आम्दानी २ करोड २५ लाख ६६ हजार ८४७ रुपैयाँ २८ पैसा, कुल खर्च १ करोड ९९ लाख ८८ हजार ५८७ रुपैयाँ २४ पैसा, कुल कारोबार १५ करोड २४ लाख ८ हजार ७३३ रुपैयाँ ५१ पैसा र खुद नाफा २५ लाख ७८ हजार २६० रुपैयाँ ४ पैसा भएको छ ।