लक्ष्मीपुर । 

झापाको विर्तामोड –२ स्थित चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्ना शेयर सदस्यको १४ लाख ५० हजार रुपैयाँ कर्जा मिनाह गरेको छ । संस्थाले विर्तामोड–६ स्थित बुट्टाबारीको सेवा केन्द्रमा आवद्ध दुई जना सदस्यले लिएको ऋण बापतको रकम एक कार्यक्रमका विच मिनाह गरेको हो । 

सस्थाले सञ्चालन गरेको महिला समुहमा आवद्ध अर्जुनधारा नगरपालिका वडा न ११ की कला पुरीका श्रीमान खेमनाथ पुरी र सोहि ठाउँका सरस्वती चौधरीका श्रीमान प्रतिमान चौधरीको मृत्यु भएकाले पुरीले लिएको ७ लाख ३० हजार र चौधरीले लिएको ७ लाख २० हजार कर्जा मिनाह गरेको हो । 

sahara

कला पुरीले अर्जुनधारा ११ स्थित दिप ज्योती सहारा महिला समुहमा आवद्ध भएर कर्जा लिएकी थिइन भने चौधरी श्री स्वस्थानी सहारा महिला समुहमा आबद्ध थिइन् । बुटाबारी सेवा केन्द्रले गत बिहीवार आयोजना गरेको वित्तिय साक्षरता तथा पुनरताजगी कार्यक्रमका विच अनुगमन कार्यालय चारआलीका अनुगमन अधिकृत गोमा बस्नेतले मृतक पुरीका श्रीमती कला पुरीलाई चेक हस्तान्तरण गरेकी थिइन्। 

संस्थाको महिला समुहमा आवद्ध रहेर ऋण लिने सदस्य तथा सदस्यको श्रीमानको मृत्यु हुँदा संस्थाले कर्जा मिनाह गर्ने गरेको र तिरेको रकम समेत फिर्ता गर्ने गरेको बुट्टाबारी सेवा केन्द्रका प्रमुख खगेन्द्र निरौलाले जानकारी दिए ।