बिर्तामोड । 

बिर्तामोड नगरपालिकाले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तथा कर्जा व्यवस्थापन अन्तर्गतको दोस्रो तालिम बुधबारदेखि शुरु गरेको छ । 

बिर्ताबजारमा शुरु भएको तालिमको नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेका हुन् ।  तालिममा कोपोमिस तथा ऋण व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिने सामाजिक विकास शाखाका प्रमुख डिल्ली दाहालले जानकारी दिए । 

नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास शाखाकी संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनार, बिराट बहुउदेश्य सहकारी संस्थाका प्रवन्ध निर्देशक रुद्र सिटौलाको पनि उपस्थिति रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका केन्द्रीय सदस्य घनश्याम अधिकारीले गरेका थिए । 

तालिममा विभिन्न सहकारीबाट ३० जनाले सहभागिता जनाएका छन् । नगरपालिकाले यस अघि माघ १४ गतेदेखि पनि सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम सञ्चालन गरेको थियो ।