बुट्टाबारी । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दिवंगत भएका सदस्यको ४ लाख ४० हजार रुपैयाँ ऋण मिनाह गरेको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको साकोसले 

विर्तामोड–६ स्थित बुटाबारी सेवा केन्द्र मातहतको मुनाल सहारा महिला समूह नं १७ मा आवद्ध मनमाया गिरीका श्रीमान गंगाबहादुर गिरीको मृत्युपछि मृतक गिरीकी श्रीमतीको नाममा रहेको ४ लाख ४० हजार रुपैंया ऋण मिनाह गरेको हो । 

सस्थाले कर्जा सुरक्षण कार्यक्रम अन्तरगत बिहीवार गिरीको घरमै पुगेर मृतककी श्रीमती गिरीलाई उक्त रकम बापतको चेक हस्तान्तरण थियो। साकोस सेवाकेन्द्र बुटाबारी संचानल उप–समिति संयोजक आशिष वनको अध्यक्षतामा भएको कर्जा मिनाह कार्यक्रममा विर्तामोड–६का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाको प्रमुख आथित्य रहेको थियो । गिरीले सस्थाबाट विभिन्न समयमा सो रकम कर्जा लिएकी थिइन् । 

 कार्यक्रममा वडाध्यक्ष कन्दङवाले  ‘सहारा नेपाल साकोसले सदस्यहरुलाई दिने गरेको सेवा सुविधा प्रसंशानिय रहेको बताए । ‘सहरा नेपाल सदस्यहरुमा मात्र होईन’ उनले भने ‘समुदायमा पनि सहारा बनेको छ’ उनले थपे ‘नाम अनुसारको काम गरेकोमा धन्यवाद छ ।’ 

गरिवी निवारण कार्यक्रम मार्फत लाखौं महिलालाई सहकारी अभियानमा डोर्याउदै उद्यमी र सवलम्बी बनाउदै देशकै उत्कृष्ट मध्येको एकमा पर्न सफल सहारा नेपाल ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ मा आफ्ना कार्यक्रमहरु प्रवाह गर्दै आएको छ ।

सहारा नेपालले महिला सदस्य मात्र होईन श्रीमाननको निधन हुँदा पनि परिवारमा ऋणको भार नपरोस् भनेर ऋण मिनाह गर्दै आएको र गिरीको नाममा चालु रहेको २ लाख ४० हजार रुपैयाँ मिनाह गरिएको र सस्थालाई तिरी सकेको २ लाख रुपैयाँ पनि फिर्ता गरिएको बुटाबारी सेवा केन्द्र प्रमुख दिलिप गिरीले जानकारी दिए ।