चारपाने । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था कृषि युनिटले आर्थिक बर्ष २०७९/०८० मा सात हजार सात सय ७८ वटा पशुको बिमा गरेको छ । साकोसले १२ करोड ९५ लाख ३५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको पशु बिमा गरेको छ । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले पशु धन सुरक्षाका लागि पशु विमा कार्यक्रम अन्र्तगत पशु बिमा गरेको कृषि तथा पशुपालन इकाई प्रमुख डा.कमलेश्वर भाटले जानकारी दिए । 

संस्थाको कृषि तथा पशुपालन इकाईले बाख्रा ६ हजार ९०८, बंगुर ४०५, गाई ३५०, भैसी ८० वटाको बिमा गरेको जनाएको छ । पशु धन क्षति भएबापत सदस्यले दाबी गरेको भुक्तानी रकम ३५ लाख ४९ हजार ८ सय ४२ रुपैयाँ प्रदान गरेको डा.भाटले जानकारी दिए । 

  • बजारिकरण : 

संस्थाले व्यवसायिक बाख्रा पालक सदस्यले उत्पादन गरेको खसी, बोकाहरुलाई बजारसम्म सहज तथा उचित मूल्यमा विक्री गर्दै आएको छ ।  संस्थाले उपभोक्ताहरुलाई समेत ध्यानमा राखेर विगत २ वर्ष देखि नेपालीहरुको महान चाड दशैं तथा तिहार र अन्य समय जिउँदो नाप तौलमा खरिद तथा विक्री वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । हालसम्म वर्ष १९ हजार ८८९ केजी खसी तथा बोका खरिद विक्री गरि बजारीकरणको अभ्यास शुरु गरेको संस्थाले जनाएको छ ।

  • ग्रामिण पशु स्वस्थ्य कार्यकर्ता कार्यक्रम : 

नेपाल सरकार कृषि मन्त्रालय तथा पशु सेवा तालिम केन्द्र दुहवीको सहयोगमा सहारा नेपाल साकोसको सहकार्यमा कोशी प्रदेश क्षेत्र भित्र पशुपालन गरिरहेका तथा संभावित पशुपालन गर्ने क्षेत्र भित्र सेवा पुर्याउने उद्देश्यले ४० जना सदस्यहरुलाई छनौट गरि दुई लट मिति २०७९ माघ १६ र मिति २०७९ फाुगन २५ गतेबाट शुरु गरि ३५ दिने पशु स्वास्थ्य कार्यकर्ता तालिम सम्पन्न गरेको छ ।

  • सहारा उद्यमी ट्याग : 

सहारा नेपाल साकोसमा आवद्ध सदस्यहरुले व्यवसायिक कृषि उद्यमी कार्यक्रम अन्र्तगत आवद्ध सदस्यहरुलाई उद्यम सदस्य परिचानका लागि ट्याग उल्लेखित नाम, सदस्य नं., व्यवसायको प्रकार झल्कने ट्याक बनाई हाल सम्म ५०१ जना सदस्यहरुलाई सहारा उद्यमी सदस्य लेखिएको ट्याग व्यवसाय सञ्चालन स्थलमा सबैले देखिने गरि टाँस गर्ने कार्यक्रम समेत गरेको छ ।

  • समूह गठन :

सहारा नेपाल साकोसले व्यवसायिक कृषि उद्यमी कार्यक्रम अन्र्तगत संस्थामा आवद्ध सदस्यहरुले व्यवसायिक रुपमा बाख्रा पालन गर्न ईच्छुक तथा गर्दै आएका सदस्यहरुलाई आवद्ध गरि बाखा्र पालन समूह गठन निरन्तर गर्दै आई रहेको छ । हालसम्म ४२ वटा बाखा्र पालन समूह गठन गरि सो समूहलाई तालिम तथा प्राविधिक सेवा उपलब्ध गराउदै आएको छ ।

  • विउविजन वितरण कार्यक्रम : 

सहारा नेपाल साकोसले पशुपालन तथा कृषि व्यवसायिक आवद्ध सदस्यहरुलाई उन्नत जातको विउ घाँसहरु जै, सुडानका विउ विजन वितरण कार्यक्रम अन्र्तगत निःशुल्क ६ हजार  सदस्यहरुलाई वितरण गरेको छ । जसले पशुपालन तथा कृषि व्यवसायमा लाग्न सदस्यहरुलाई महत्वपूर्ण सहयोग पुर्याइएको थियो ।

  • क्षमता अभिवृद्धि कार्यक्रम : 

संस्थामा आवद्ध पशुपालन तथा कृषि व्यवसाय आवद्ध रहि व्यवसाय सञ्चालन गर्दै आइरहेका  सदस्य, समूह वा पशुपालन तथा कृषि उद्यमी गर्न चाहनेहरुलाई क्षमता अविवृद्धि व्यवसाय सञ्चालनका सिप, प्राविधिक ज्ञान उपलब्ध गराई उनीहरुको आय श्रोत वृद्धि ल्याउनका लागि संस्थाले यसवर्ष बिभिन्न तालिम सञ्चालन गरेका छ । 

संस्थाले आधारभूत बाख्रापालन तालिम ५३, वटा एक हजार ९०८ जनालाई, घरदैलो पशु स्वास्थ शिबिर २ वटा ७० जनालाई, आधारभूत बंगुरपालन २ वटा ६५ जनालाई, प्राविधिक बाख्रापालन तालिम ११ वटा ३८० जनालाई, प्राविधिक बंगुरपालन तालिम २ वटा ६२ जनालाई प्रदान गरेको छ । त्यसैगरी तरकारी खेती तालिम १३ वटा ४२९ जनालाई, बालीमा लाग्ने रोग किराको उपचार तथा रोकथाम तालिम ६ वटा १९५ जनालाई, मौरीपालन तालिम २ वटा ६५ जनालाई ग्राप्रास तालिम २ वटा ४० जनालाई प्रदान गरेको डा. भाटले जानकारी दिएका छन् । जम्मा ९३ वटा तालिममा ३ हजार २१४ जनाको सहभागीता रहेको जनाइएको छ ।