मेचीनगर । 

झापाको मेचीनगर नगरपालिकाले चालु आर्थिक बर्षमा जटिल रोगका एक सय ५९ जना विरामीलाइ एक लाख रुपैयाँका दरले उपचार सुविधा प्रदान गरेको छ ।

नगरपालिकाको सिफारीसमा क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात लगायतका विरामीले सरकारद्वारा तोकिएका अस्पतालबाट एक लाख बराबरको स्वास्थ्योपचार प्राप्त गरेका हुन् । 

नेपाल सरकारले क्यान्सर, मुटु, मृगौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा आर्थिक सहयोग दिँदै आएको छ ।

स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालहरुले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार क्यान्सरका ९० जना, मृगौला प्रत्यारोपणका २८ जना, मुटुका २२ जना र अन्य रोगका नौ जनाले सूचीकृत अस्पतालबाट उपचारका प्राप्त गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

नगरपालिकाले जटिल रोग लागेका विरामीले प्रदान गरिने स्वास्थ भत्ता वितरणको कार्यलाई पनि छिट्टै सम्पन्न गर्ने तयारी गरेको छ । नगरपालिकाले नगर क्षेत्रका २०१ जना विरामीलाई नगद पाँच हजारका दरले औषधि उपचार खर्च वापतको रकम उपलव्ध गराउने भएको हो ।

चालु आर्थिक बर्ष २०७९/०८० मा नगरमा उपचार माग भएका २०१ जनाको  ८७ लाख २० हजार वितरण गर्ने तयारी गरेको छ । सरकारले जटिल प्रकृतिका विरामीका लागि मासिक रुपमा पाँच हजारका दरले स्थानीय तहमार्फत औषधि उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ