बिर्तामोड । 

झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले पदस्थापना तथा सपथग्रहण समारोह सम्पन्न गरेको छ ।  संस्थाले बिर्तामोडमा शनिवार सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई पदस्थापना तथा सपथग्रहण कार्यक्रम गरेको हो । 

संस्थाका निबर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी विभागका रजिस्टार नवराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत निर्वाचन समिति सदस्य टीका प्याकुरेलले गरेको कार्यक्रममा निर्वाचन समिति संयोजक हरिचरण शिवाकोटीले संस्था अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी नेतृत्व कार्यसमिति तथा लेखा सुपरिवेक्षण समितिलाई पदस्थापना तथा सपथ ग्रहण गराएका थिए ।

निर्वाचन समितिको कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य लोकराज ढकालले गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी प्रमुख लक्ष्मी उप्रेतीले गरेका थिए । 

कार्यक्रममा सहकारी अभियन्ता तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, प्रदेश रजिस्टार हरिबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो । झापा, इलाम र मोरङ कार्यक्षेत्र रहेको संस्थाले ५८ सेवा केन्द्र मार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको बताइएको छ ।