दानाबारी । 

मुलुककै सवैभन्दा ठूलो सहकारीको रुपमा परिचय बनाएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दानाबारी सेवा केन्द्रले सदस्य पूर्व नयाँ प्रवेशी सदस्यलाई अभिमुखिकरण तथा कर्जा सुरक्षण क्षतिपुर्ति रकम हस्तान्तरण कार्यक्रम गरेको छ । 

साकोसका उपनिर्देशक दिनेशबहादुर निरौलाले दानाबारी सेवा अन्तरगत मंगलबार (आज) सस्थाका बारेमा बिस्तृत जानकारी गराउदै ८० बढी नव प्रवेशी सदस्यलाई अभिमुखीकरण कार्यक्रमको सहजिकरण गरेका थिए । 

साकोस दानाबारी सेवा केन्द्रका सहयोग समिति संयोजक सेतु तामाङको अध्यक्षतामा भएको अभिमूखिकरण कार्यक्रममा साकोस वरिष्ठ उपाध्यक्ष हरिबहादुर निरौलाको प्रमुख आतिथ्य रहेको थियो । साकोसका दानाबारी सेवाकेन्द्र प्रमुख त्रिलोचन तिम्सिनाको समन्वयमा भएको अभिमुखीकरण कार्यक्रमको सञ्चालन दुधे अनुगमन अधिकृत चुडामणि कट्टेलले गरेका थिए । 

कार्यक्रममा माई ८ का वडाध्यक्ष अमृत तामाङ, सहयोग समिति सदस्य टंक शर्मा, झमकलाल खनाल, अम्बिका चौहान, सीता कार्की पौडेल, सन्चारकर्मी हरि असीम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रमाण वितरण समेत गरिएको थियो ।

सोही कार्यक्रमकाबिच कर्जा सुरक्षण क्षतिपुर्ती अन्तर्गत परिवारका सदस्यको मृत्युपछि माई –५ की प्रगतिशिल सहारा महिला समूह नम्बर २२ कि जसोदा पुर्वछाने मगरलाई सस्थाबाट लिएको कर्जा २ लाख मिनाहा गरिएको छ । त्यस्तै तुलसी सहारा महिला समूह ५७ कि शेयर सदस्य माई –४सम्झना राईलाई श्रीमानको मृत्युपछि  संस्थाबाट लिएको १ लाख कर्जा मिनाहा साथै सदस्यलाई सरहे तथा काजकृया खर्च बापतको ६० हजार रुपैयाँ गरि एकमुष्ट १ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरिएको सेवा केन्द्र प्रमुख तिम्सिनाले जानकारी दिए । 

‘मेरो गौरव, मेरो सहारा’ नाराका साथ २०५२ चैत २१ गते समुदायमा आधारित दिगो प्रतिष्पर्धा र उत्कृष्ट सहकारी सस्थाको परिकल्पना र सहकारी सिद्धान्त अनुरुप गुणस्तरिय बित्तिय तथा गैर बित्तिय सेवा मार्फत विपन्न सदस्यको आर्थिक जीवन स्तर उकास्ने सहकारी सस्था भन्ने ध्येयका साथ ३३ जना शेयर सदस्य र ३४ हजार शेयर रकमबाट शुरु भएको साकोस हाल नेपाल कै उत्कृष्ट सहकारीको रुपमा परिचित रहेको छ । 

हाल साकोसको बित्तिय अवस्था मा १ लाख ५७ हजार ६०६ सदस्य, शेयर पुँजी १ अर्व ६३ करोड १४ लाख ५२ हजार १००, वचत रकम १० अर्ब ९७ करोड ९० लाख ४७ हजार २०१, लगानी रकम ११ अर्ब २० करोड ५५ लाख ७७ हजार ५२५, बाह्य ऋण  ५७ करोड २८ लाख ०४ हजार ०१२, जगेडा कोष १ अर्ब ११ करोड २१ लाख ६६ हजार ८४० र अन्य कोष ३९ करोड ७८ लाख ८० हजार ९२९ रुपैयाँ रहेको संस्थाले जनाएको छ । साकोसको कुल बासलात साईज १५ अर्ब ४६ करोड ३५ लाख ४७ हजार ६२४ रुपैयाँ रहेको छ ।