बनियानी । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई एक लाख ६० हजार रुपैयाँ ऋण मिनाह गरेको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको नेपालकै ठूलो सहकारीको रुपमा परिचित सहारा नेपाल साकोसले बनियानी सेवा केन्द्रमार्फत सोमवार उक्त ऋण मिनाह गरेको हो । 

सहारा नेपाल साकोस बनियानी सेवा केन्द्रमार्फत कचनाकवल गाउँपालिका वडा नम्बर ५ मा सञ्चालित सम्झना सहारा महिला समूह नम्बर ०६० की सदस्यको मृत्युपछि उनले लिएको कर्जा मिनाह गरिएको सेवा केन्द्र प्रमुख नेत्रकुमार खड्का जानकारी दिए । 

मृतक सदस्यका पति सहादत मियालाई कर्जा बिमा सुबिधा अन्तरगतको एकलाख ६० हजार रुपैयाँको चेक प्रदान गरिएको हो । ऋण मिनाह बापतको चेक स्थानीय बृद्धिजिबी तथा कार्यक्रमका प्रमुख अतिथि नुरुल मियाले मृतकका श्रीमान सहादतलाई हस्तान्तरण गरेका थिए ।  

सेवा केन्द्र प्रमुख नेत्रकुमार खड्काले कार्यक्रमको आचित्यमाथि प्रकाश पार्दै संस्थाको बस्तुस्थितिका बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन कर्मचारी राजेन्द्र बराईलीले गरेका थिए ।