झापा । 

 नेपालकै सवै भन्दा ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था  ‘उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ ।

झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको साकोस लघुवित्त सदस्यहरु माँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेवापत संस्थालाई  स्वावलम्बन विकास केन्द्रद्धारा एकलाख रुपैयाँको राशीबाट पुरस्कृत भएको हो । 

स्वावलम्बन विकास केन्द्रको ३२ औं वार्षिकोत्सवका असरमा आईतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साकोसलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका हुन् । संस्थाले वित्तीय सेवाका अतिरिक्त शिक्षा, स्वास्थ्य, विपन्न परिवारको आवास निर्माण, उद्यमशिलता विकासलगायतका क्षेत्रहरुमा पनि काम गरिरहेको छ ।

एक लाख ६३ हजार भन्दा बढी सदस्य रहेको सहारा नेपाल साकोसमा २०८० असारमसान्तसम्म १ अर्व ६३ करोड १४ लाख ५२ हजार एक सय रुपैया शेयर पुँजी र १ अर्व ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ जगेडा कोष छ भने १० अर्व ९७ करोड ९० लाख ४७ हजार २०१ रुपैया बचत संकलन तथा ११ अर्व २० करोड ५५ लाख ७७ हजार ५२५ रुपैया लगानी गरेको जनाइएको छ ।