बिर्तामोड । 

झापाको बिर्तामोडमा अवस्थित बीएण्डसी अस्पतालले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर महिलाहरुलाई निःशुल्क स्त्री तथा प्रसुती ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । 

अस्पतालले आगामी भदौं ३ देखि १८ गतेसम्म निःशुल्क स्त्री तथा प्रसुती ओपिडी सेवा सञ्चालन गर्ने भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । 

अस्पतालले तीजको अवसर पारेर सम्पूर्ण महिलाहरुलाई निःशुल्क पोपिडी सेवा र परिक्षणमा  १० प्रतिशत छुट दिने गिरीले बताए ।